आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सिन्धुलीको तीनपाटन गाउँपालिकाका ३ दलका नेताहरु गठबन्धन गरि निर्वाचनमा जाने भएका छन् । सरकार आबद्ध गठबन्धनका ३ दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एसले गठबन्धन गरि निवार्चनमा जाने निर्णय गरेका हुन् । बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकमा तिनपाटन गाउँपालिकाका काँग्रेस सभापति सोम प्रसाद घिमिरे, नेकपा माओवादीका अध्यक्ष आनन्द बहादुर कार्की, नेकपा एकिकृत समाजवादीका अध्यक्ष पुन बहादुर मश्राङगी, नेपाली काँग्रेसका क्षेत्रीय सभापति कर्ण बहादुर मगर, नेकपा माओवादीका ईन्चार्ज घन बहादुर पुलामी, नेकपा एकिकृत समाजवादीका वाग्मती केन्द्रिय सदस्य अमर थापा, नेकपा एसका ईन्चार्ज खेमराज दाहालको उपस्थिति रहेको थियो ।