Tuesday, November 18, 2025

तिनपाटन गाउँपालिकाले धान बालीमा क्षति पुगेका किसानलाई राहत उपलब्ध गराउँने

सिन्धुलीको तिनपाटन गाउँपालिकाले धान बालीमा क्षति पुगेका किसानलाई राहत उपलब्ध गराउँने भएको छ । कुषि ज्ञान केन्द्रको यहि चैत २५ गतेको पत्राअनुसार बेमौसमी बर्षाको कारण आएको बाढी पहिरो वा डुवानले धान बालीमा क्षति पुगेका किसानलाई राहत उपलब्ध गराउँन लागेको गाउँपालिकाले शुक्रबार एक सुचना निकालेर जानकारी दिएको हो ।

राहत लिनका लागी किसानले आफ्नै जग्गाामा धान बाली खेती गरेको भएमा त्यस्तो जग्गाको कित्ता नं. र क्षेत्रफल खुल्ने गरि जग्गाधनी प्रमाण पत्रपुर्जाको प्रतिलिपि, अरु कसैले जग्गाधनीसँग आपसी समझदार वा करार गरी धान खेती गरिएको भए धान बाली लगाईएको जग्गाको कित्ता नं.र क्षेत्रफल खुल्ने गरि जग्गााधनी प्रमाण पुर्जा, जग्गा धनी वा किसानका बिचमा भएको करार सम्झौताको प्रतिलिपि वा जग्गाधनीले गरिदिएको कागज सहित निवेदन पेस गर्नु पर्ने छ ।

यस्तै, राहतका लागी किसानले धान खेती गरेको जग्गाको चार किल्ला सहितको क्षेत्रफल उपलब्ध भएसम्म जग्गाको कित्ता नं. खुलाई १ जना वडा सदस्य र धान बाली खेती गरेको जग्गा रहेको स्थान वाट नजिकका कम्तीमा ३ जना किसानको सनाखत सहीत सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र, धान बालीको क्षतिको विवरण, नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि, बैक खाताको विवरण र कुनै किसानको लगतमा नाम समावेस नभएको तर बेमौसमी बर्षाको कारण क्षति पुगेको भए त्यसरी क्षति पुगेको पुष्टि हुने प्रमाण समावेश गरि ७ दिन भित्र वडा कार्यालयमा निवेदन पेस गर्न गाउँपालिकाले अनुरोध गरेको छ ।

Hot Topics

Related Articles