रोशन सुनुवार
सिन्धुली – सिन्धुलीमा चोरीको स्कुटि र मोटर साईकल सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बागमति प्रदेश ०२–०३१ प८८५८ नम्बरको स्कुटी र बा ५८ प ४०४ नम्बरको को मोटर साईकल सहित गत आईतबार २ जनालाई पक्राउ गरेको हो ।
गत चैत १९ गते काभ्रे जिल्लाको बनेपा नगरपालिका वडा नम्बर ८ बस्ने हरेराम काफ्लेले ईलाका प्रहरी कार्यालय बनेपामा स्कुटी हराएको उजुरी गराएका थिए । स्कुटी हराएको सुचना आए पश्चात प्रहरी चौकि दुम्जाबाट खटिएको प्रहरी टोलिले खानतलासी गर्ने क्रममा सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नम्बर १ आंपघारी स्थित न्यु ज्ञान मोटर साईकल वर्क सपबाट स्कुटी सहित काभ्रे जिल्लाको तिमाल गा.पा. ९ बस्ने २१ बर्षीय सुमीर दोङ तामाङ लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।
यस्तै, प्रहरी चौकी कुशेस्वर दुम्जाको चेकपोष्टमा काठमाण्डौबाट सिन्धुली तर्फ आउँदै गरेका सवारी साधनहरुलाई चेकजाँच गर्ने क्रममा भक्तपुरको सुर्यबिनायक बाट मोटर साईकल चोरी गरी ल्याएको आरोपमा तिनपाटन गाउँपालिका वडा नम्बर १० का २१ बर्षीय भुबन बि.क.(बराईली)लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका तामाङलाई सोमबार आवश्यक कार्बाहिको लागि जिल्ला प्रहरी कार्यालय काभ्रे र बराईलीलाई प्रहरी बृत्त भक्तपुरलाई बुझाईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक मनोज कुमार लामाले जानकारी दिनु भयो ।