Monday, April 22, 2024

घ्याङलेखमा बाली तथा पशु शिबिर संचालन हुने

सिन्धुलीको घ्याङलेख गाउँपालिकामा बाली तथा पशु शिबिर संचालन हुने भएको छ । गाउँपालिकाको आर्थिक बर्ष २०७८ ७९ को कृषि विकास तथा पशु सेवा शाखा तर्फको स्वीकृत बार्षिक कार्यक्रम अन्तर्गत शिबिर संचालन हुन लागेको गाउँपालिकाले सोमबार एक सुचना निकालेर जानकारी दिएको हो ।

शिबिर आगामी बैशाख ५ गते वडा नम्बर १ को कार्यालय अमले, ६ गते गाउँपालिकाको शाखा कार्यालय डुम्री, ७ गते वडा नम्बर ३ को कार्यालय तामाजोर, ८ गते वडा नम्बर ४ को कार्यालय नेत्रकाली र ९ गते वडा नम्बर ५ को कार्यालय शान्तेश्वरीमा संचालन हुने भएकाले गाउँपालिका भित्रका कृषक तथा कृषि उद्यमीहरुलाई सेवा लिन गाउँपालिकाले सुचना मार्फत अनुरोध गरेको छ ।

spot_img

Hot Topics

Related Articles