Friday, January 16, 2026

घ्याङलेखमा आमा बावु बिहिन वालवालिकालाई सामाजिक सुरक्षा भत्ता बितरण गरिने

सिन्धुलीको घ्याङलेख गाउँपालिकामा आमा बावु बिहिन वालवालिकालाई सामाजिक सुरक्षा भत्ता बितरण गरिने भएको छ । आर्थिक बर्ष २०७८ ७९ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार पालिका भित्र कुनै पनि गैरकानुनी वा आपराधिक कार्यमा संलग्न नरहेका ५ वर्ष पुरा भई अरुको संरक्षणमा रहेको बालबालिकालाई भत्ता बितरण गर्न लागिएको गाउँपालिकाले बिहिबार एक सुचना निकालेर जानकारी दिएको हो ।

सामाजिक सुरक्षा भत्ता बितरण कार्यक्रममा सहभागी हुनका लागी बालबालिकाले जन्म दर्ता वा नागरिकताको प्रतिलिपि, बावु, आमा दुवैको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि, संरक्षक, माथवर वा स्याहार सुसार गर्ने व्यक्ति प्रमाणित सहित तथा वडा कार्यालयबाट किटानी सिफासि, विद्यालयमा नियमित जाने गरेको भनी विद्यालयको सिफारिस, संरक्षकको नागरिकता, निवेदकको सम्पर्क नम्बर लिई सुचना प्रकाशन भएको मितिले १५ दिन भित्र गाउँपालिकाको शिक्षा शाखामा निवेदन पेस गर्न गाउँपालिकाले सुचना मार्फत आग्रह गरेको छ ।

Hot Topics

Related Articles