Saturday, February 15, 2025

गाउँ गाउँमा पुगे एमालेका मेयर महेन्द्रदेव श्रेष्ठ र उपमेयर मन्जु देवकोटा – गठबन्धन अन्योलमा

सिन्धुलीको कमलामाई नगरपालिकामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चुनावी अभियानमा लागिरहेका बेला सत्ता गठबन्धनको प्रमुख साझेदार दल नेपाली कांग्रेसले यो समाचार तयार पार्दासम्म आफ्नो दलका तर्फबाट उम्मेदवारको टुंगो लगाउन सकेको छैन ।


एक महिना अगाडिबाटै चुनावी अभियानमा लागेका कमलामाई नगरकमिटीका अध्यक्ष श्रेष्ठसँगै तत्कालिन कमलामाईका उपप्रमुख मञ्जु देवकोटालाई एमालेले सिन्धुली जिल्ला सदरमुकाम हाँक्ने कमाण्डर र सह कमाण्डर तोक्दै उम्मेदवार घोषणा गरेपछि सिन्धुलीमा एमालेको पक्षमा चुनावी माहौल तातेको छ ।


आफुनै कमलामाई नगरपालिकाको मेयरको उम्मेदवार भएको निश्कर्ष निकाल्दै एमालेका युवा नेता श्रेष्ठ एक महिना अगाडिदेखीनैं गाउँ गाउँमा पुगेर नागरिकहरुको गुनासो सुनिसकेका थिए ।


एमाले बाग्मती प्रदेश कमिटीले श्रेष्ठ र देवकोटालाई कमलामाईको प्रमुख र उपप्रमुख तोकेर निर्वाचनमा पठाएपछि अहिले एमालेको नेता कार्यकर्ताहरु उत्सिाहित भएर चुनावी मैदानमा खटिइसकेका छन् । नगरप्रमुखको उम्मेदवार छनोट भएपछि महेन्द्रदेव श्रेष्ठले प्रदेशखबरसँगको कुराकानीमा भन्नुभयोः नेकपा एमालेले आफ्नो स्पष्ट राजनैतिक एजेण्डासहित जनताको घर आँगनमा गईरहेको छ ।
हामी पार्टीले लिएको नीति सम्बृद्ध नेपाल सुखी नेपालीको अभियानलाई अझ बलियो ढंगले अगाडि बढाउन निरन्तर लागिरहने छु । गठबन्धन दलहरुका अगाडि नेकपा एमालेले गरेका जनमुखी कामहरु अथेष्ट रहेको र केही कामहरु कार्यान्वयनको चरणमा रहेको उल्लेखगर्दै सिन्धुलीको कमलामाई नगरपालिकाले देशकै नमुना काम गरेको उल्लेख गर्नुभयो । कमलामाईमा आदरणीय कमरेड खड्ग खत्रीले नेतृत्व गरेका कारण देशैभर नेकपा एमालेका शिर ठाडो भएको स्मरणगर्दै श्रेष्ठले भन्नुभयोः कमलामाई नगरपालिकामा उहाँले नेतृत्व सम्हालेपछि विकासका देखिनेगरी काम भएको उल्लेख गर्नुभयो ।
उहाँले अगाडि भन्नुभयोः नेपाल एमालेले पार्टीको घोषणापत्र अनुसार जनमुखी कामहरु गर्न सक्छ र यसका नेताहरु अन्य दलका नेताहरु भन्दा अब्बल छन् भन्ने कुरा पाँच वर्षे कार्यकालले पुष्टि गरेको छ ।
नेकपा एमालले पाँच वर्ष अगाडिबाट थालेका अधुरा कामहरु पुरा गर्न र थप दिर्घकालिन योजनाहरु मार्फत सम्बृद्ध कमलामाई निर्माणगरी संकटपूर्ण अबस्थामा पार्टीलाई विजय गराउन सबैको उत्तिकै महत्वपूर्ण साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।
उपमेयर पदका उम्मेदवार मञ्जु देवकोटाले कमलामाई नगरपालिकाको समग्र विकास योजनाको खाका नेकपा एमालेसँगै मात्रै रहेकाले आम नगरवासीलाई नेकपा एमालेका उम्मेदवार र दलका पक्षमा उभिन अपील गर्नुभयो । उहाँले अगाडि भन्नुभयोः समग्र कमलामाईको विकासका लागि एमालेले मात्रै दिर्घकालिन र अल्पकालिन योजनाहरु अगाडि बढाउन सक्छ । – उज्वल न्यौपानेबाट

spot_img

Hot Topics

Related Articles