सिन्धुलीको दुधौली नगरपालिकामा रहेको कमला बहुमुखी क्यापसको प्राङ्गणमा मन्च निमार्णका लागी शिलान्यास गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज राजन दाहालले मन्च निमार्णका लागी शिलान्यास गर्नु भएको हो ।
नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य दाहालको प्रदेश क्षेत्र बिकास कोषको आर्थिक बर्ष २०७८÷७९ को ७ लाख बजेटबाट मन्च निमार्ण हुन लागेको हो ।
क्याम्पस को साधारण सभामा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य दाहालले क्याम्पसमा मन्च निमार्ण गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । उहाँले प्रतिबद्धता गराउनु भए अनुसार सो कार्यको पहल गरि बजेट पार्नु भएको हो ।
मन्च २ देखि ३ महिनामा निमार्ण हुने छ । मन्च निमार्ण सम्पन्न भएपछि क्याम्पसमा संचालन गरिने कार्यक्रमहरु गर्न सहज हुने छ ।
शिलान्यास कार्यक्रममा जग्गादाता, विद्यालय व्यवस्थापन समितिका सदस्य, प्रधानाध्यापक लगायत विद्यालयका अन्य शिक्षकहरुको उपस्थिति रहेको थियो ।