दुधौली नगरपालिकाको आयोजना र स्वाधीन खबर प्रत्रिकाको प्राबिधिक सहयोग, राष्ट्रिय मानब अधिकार आयोग बागमती प्रदेश कार्यालय सानेपाको सहकार्यमा आज दुधौली नगरपालिकामा स्थानीय तह र मानव अधिकार विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
प्रमुख प्रशासकिय अधिकृत मित्र प्रसाद काफ्लेले नगरपालिकालाई मानव अधिकार मैत्री कानुन, निर्देशिका लगायतको बिषयका प्रकृयालाई प्राथमिकता दिने गरेको उल्लेख गर्दे दुधौली नगरपालिकाको मानव अधिकार सुधारका लागि नेपाल सरकारको पाँचौ मानव अधिकार राष्ट्रिय कार्ययोजनाले निर्दिष्ट गरे बमोजिम समिति गठन गरी सुधारको प्रारम्भ गर्ने बताउनु भयो ।
यस्तै, उहाँले आर्थिक बर्ष २०७९ र ८०को बार्षिक बजेटमा मानब अधिकार सम्बन्धी कार्यक्रमलाई संचालन गर्नका लागी राष्ट्रिय मानब अधिकार आयोगसँग समन्वय गरि महिला अधिकार, बाल अधिकार, जातिय बिभेद जस्ता उत्पीडित बर्गलाई मुल धारमा ल्याउँन निम्ति नगरपालिकाले बार्षिक कार्यक्रम तर्जुमा गरि जनचेतना मुलक खालका कार्यक्रमहरु संचालन गरिने योजना रहेको बताउँनु भयो ।
दुधौली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मित्र प्रसाद काफ्लेको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रममा स्वाधीन खवर पत्रिकाका प्रधान सम्पादक रुद्र बहादुर खड्काले कायक्रमको उद्देश्य माथि प्रकास पार्दे सिमान्तीकृत र अल्पसख्यक, बहिषकृतमा पारिएका नागरीकहरुलाई शसक्तीकरण गरी मुल प्रवाहमा समावेशी सहभागिता गराउन नागरिकको मानब हक अधिकार सार्थक र सहभागिताका लागि कार्यक्रम आयोजना गर्नु परेको बताउनु भयो ।
राष्ट्रिय मानवअधिकार आयोग बागमती प्रदेश कार्यालयका प्रमुख यज्ञ प्रसाद अधिकारीले मानव अधिकार राष्ट्रिय कार्ययोजना, मानव अधिकारको अवधारणा, मानव अधिकारको विश्वब्यापी घोषणा पत्र, शिक्षाको अधिकार लगायतका विषयमा प्रशिक्षण दिनु भएको थियो ।
त्यसै गरी प्रशिक्षण कार्यक्रममा मानव अधिकार अधिकृत जायश्वर चापागाईले बाल अधिकार सुशासन र मानव अधिकार, मानव अधिकारमुखी विकास पद्धती विषयमा तथा लोकनाथ घिमिरेले राष्ट्रिय मानव अधिकार आयोगको संबैधानीक दायित्व, काम कर्तब्य र अधिकारका विषयमा प्रशिक्षण दिनु भएको थियो ।
दुधौली नगरपालिकाका कानुन अधिकृत हरि कुमार श्रेष्ठले न्ययायीक समिति र मेलमिलाप बिषयमा प्रशिक्षण दिनु भएको थियो । प्रशिक्षण कार्यक्रममा नगरपालिकाका जन निर्बाचत पदाधिकारी, विषयगत अधिकृत, कर्मचारी, मेलमिलाप समितिका पदाधिकारी, सुरक्षानिकायका प्रतिनिधि, बिभिन्न विद्यालयका शिक्षक, बिद्यार्थी र नागरिक समाजका प्रतिनिधि गरी ६० जनाको सहभागिता रहेको थियो ।
सहभागिहरुको जिज्ञासाको उत्तर दिदै आयोगको बागमती प्रदेश कार्यालयका प्रमुख यज्ञप्रसाद अधिकारीले मानवअधिकार संस्कृतिको विकासका लागि सवै संग सहकार्य गर्न आग्रह गर्नु भयो ।