Friday, April 25, 2025

सिन्धुलीमा २५ वर्ष देखि जिर्ण अवस्थामा रहेको पोल हटाई नया पोल गाडियो

सिन्धुलीमा जिर्ण अवस्थामा रहेको पोल हटाई नया पोल गाडिएको छ । । जिल्लाको कमलामाई नगरपालिकाको वडा नं ९ भिमान खोरुङमा विगत २५ वर्ष देखि जिर्ण अवस्थामा रहेको पोल हटाई नयाँ पोल गाडिएको हो । मक्किएर रहेका दुई वटा विद्युतीय पोल स्थानीयको घर गोठ तर्फ ढल्कीएको थियो । ढल्कीएको पोल जुनसुकै बेला पनि ढली ठुलो मात्रामा जनधनको क्षति हुने डरमा स्थानीय बासीन्दाहरु चिन्तित रहेका थिए ।

मक्किएर रहेका पोल परिवर्तन गर्नका लागि विद्युत प्राधीकरण भिमान उपशाखा बाट दुई तिन वर्ष अघि पोल ल्याएको थियो । स्थानीय बासीको विवादका कारण र सम्बन्धित विभागले चासो नदेखाएको कारणले पोल ठड्याउँन सकिएको थिएन ।

उक्त पोल आज ने।क।पा। माओवादी केन्द्र कमलामाई नगरपालिका वडा नं। ९ का वडा उपाध्यक्ष निलहरी ढुंगेलको सक्रियतामा पाँच दलीय गठबन्धन र स्थानीयहरु संग छलफल गरी जिर्ण अवस्थामाा रहेको काठको पोल हटाई फलामको पोल हालिएको हो । पोल गाड्ने काम सम्पन्न भएपछि स्थानीय बासिन्दाहरु हर्षित भएका छन् ।

spot_img

Hot Topics

Related Articles