सिन्धुलीको दुधौली नगरपालिकामा दुधौली नगर कमिटि अन्तर्गत कट्टी लखनपुरमा टोल भेला सम्पन्न भएको छ । नगरपालिकाको वडा नं. ९ मा आज शनिबार दुधौली नगर कमिटि अन्तर्गत वडा ईन्चार्ज विनोद अधिकारीको अध्यक्षतामा टोल भेला सम्पन्न भएको हो ।
आज भएको भेलाले कोमलवती दनुवारको अध्यक्षतामा २१ सदस्य ने.क.पा. (माओवादी केन्द्र) कट्टी लखनपुर टोल कमिटी गठन गरिएको छ ।
वडा ईन्चार्ज विनोद अधिकारीको अध्यक्षतामा भएको भेलामा नेपाल वुद्दिजिवी संगठन दुधौली नगर कमिटी उपाध्यक्ष टेखनाथ पहाडीको प्रमुख आतिथ्यता रहेको थियो भने जसमान दर्नाल जीवनको विशिष्ट आतिथ्यता रहेको थियो ।