Tuesday, April 16, 2024

मरिण छापमा नेपाल रेडक्रस सोसाईटीे उपशाखाको भवन शिलन्यास

सिन्धुलीको मरिण गाउँपालिका वडा नम्बर ६ छापमा नेपाल रेडक्रस सोसाईटी कपिलाकोट उपशाखाको भवन शिलन्यास गरिएको छ । गाउँपालकाको आर्थिक सहयोगमा हिजो आईतबार एक कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनले भवनको शिलन्यास गर्नु भएको हो ।
मरिण गाउपालिका ६ बिवासी दामोदर कार्की तथा शम्भु कार्कीले दान गर्नु भएको जग्गामा मरिण गाउपालिका ले यसै आर्थिक बर्षमा बिनियोजन गरेको २५ लाख रकम बाट २ कोठा र एउटा सभा हल निर्माण हुने छ ।
नेपाल रेडक्रस सोसाईटी उपशाखाका सभापती मान बहादुर भुजेलको अध्यक्षता, पालिकाकी उपाध्यक्ष संगिता माझीको बिशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा सिन्धुली शाखाका सभापती अशोक श्रेष्ठ वडा अध्यक्षहरु, कार्यपालिकाका सदस्यहरुको उपस्थिति रहेको थियो ।

spot_img

Hot Topics

Related Articles