सिन्धुलीको मरिण गाउँपालिकामा निशुल्क स्वास्थ्य बिमा कार्यक्रमको उद्घाटन गरिएको छ । हिजो आईतबार एक कार्यक्रमका गरेर निशुल्क स्वास्थ्य बिमा कार्यक्रमको उद्घाटन गरिएको हो ।
६० बर्ष पुगेका जेष्ठ नागरिक, एकल महिला, क देखि घ बर्गसम्मका अपाङगता, अनाथ बालबालिकाको स्वास्थ्य बिमा गरिने छ भने उहाँहरु सहित परिवारको ५ जना अन्य सदस्यको पनि निशुल्क बिमा गरिने मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनले जानकारी दिनु भयो ।
मरिण गाउँपालिकाले स्वास्थ्य बिमाका लागी १५ दिन आवेदनको लागी दरखास्त खुलाएकोमा ४०९ जनाले आवेदन दर्ता गराएका थिए । जसमा हिजो आईतबार ११ जनालाई बिमा कार्ड बितरण गरिएको छ ।
यस्तै, बिमा दर्ता सहयोगीहरुले प्रक्रिया पुर्याएर आएका ४०९ जनाको घरघरमै गएर बिमाका लागी फोटो खिचेर दर्ता प्रक्रिया अगाडि बढाउँने पनि अध्यक्ष बम्जनले जानकारी दिनु भयो ।