Tuesday, April 16, 2024

मरिण गाउँपालिकाद्धारा किसानहरुलाई बाख्रा वितरण

सिन्धुलीको मरिण गाउँपालिकाले किसानहरुलाई बाख्रा वितरण गरेको छ । बाख्रा पालन पकेट क्षेत्र अन्तर्गत वडा नं. २ को माथिल्लो सखौंरीका किसानलाई बाख्रा वितरण गरेको हो ।

सोमबार पकेट क्षेत्रमै पुगेर गाउँपालिका अध्यक्ष पानीराज बम्जन, वडा नम्बर २ का वडा अध्यक्ष चन्द्रनाथ गौतम लगायत स्थानीय बासीको उपस्थितिमा ३२ घर धुरीलाई बाख्रा बितरण गरेको गाउँपालिकाले जानकारी दिएको छ ।

spot_img

Hot Topics

Related Articles