Friday, January 16, 2026

फलफुल नर्सरी स्थापना लागि आवेदन दिने म्याद थप

सिन्धुलीमा फलफुल नर्सरी स्थापना कार्यक्रमको लागि आवेदन दिने म्याद थपिएको छ । जिल्लाको कमलामाई नगरपालिकामा हुने भएको फलफुल नर्सरी स्थापना कार्यक्रमको लागि आवेदन दिने म्याद थपिएको नगरपालिकाले आज एक सुचना निकालेर जानकारी दिएको छ ।
नगरपालिकाले गत मंसिर २३ गते सुचना निकालेर फलफुल नर्सरी स्थापनाको लागि आवेदन दिन माग गरेको थियो । सो आवेदन दिएको मिति सम्म पनि कुनै पनि आवेदन नआएपछि पुन आवेदन माग गरिएको ।
नगरपालिकाको आर्थिक बर्ष २०७८÷ ०७९ को कृषि शाखा तर्फको बार्षिक स्विकृत मध्यम प्रविधियुक्त बहुउद्देश्यीय फलफुल नर्सरी स्थापना कार्यक्रम अन्तर्गत नर्सरी स्थापनाका लागि अनुदान रकम उपलब्ध गराउने गरी आज पुन सुचना प्रकाशित भएको मितिले १० दिने भित्र आवेदन दिन नगरपालिकाले अनुरोध गरेको छ ।
आवेदन दिँदा माग निवेदन १ प्रति, सम्बन्धित वडा कार्यालयको सिफारिस एक प्रति, कृषक समुह, कृषि सहकारी, कृषि फार्म, उद्यमी कृषक दर्ता प्रमाणपत्र तथा करचुक्ता फोटोकपी एक प्रति, कृषि सहकारी, कृषक समुहको हकमाा निर्णय प्रतितिपी एक प्रति, कम्तिमा २ रोपनी वा ३ कठ्ठा जग्गाको क्षेत्रफल उल्लेखित नर्सरी स्थापना गर्ने जग्गाको लालपुर्जाको फोटोकपी, करारमाा लिई नर्सरी स्थापना गराउन चाहेमा वा गरेको भएमा कम्तिमा पनि १० बर्षको लागि करार सम्झौता पत्रको प्र्रतिलिपी एक प्रति र प्रस्तवना एक प्रति पेश गरिनु पर्नेछ ।

Hot Topics

Related Articles