प्रथम वागमति प्रदेश स्तरीय भलिबल प्रतियोगितामा सिन्धुलीका पुरुष भलिबल टिम फाईनलमा प्रवेश गरेका छन् । सेमिफाईनल अन्तर्गत पुरुष टोलीले सिन्धुपाल्चोकलाई पराजित गरेर फाईनलमा प्रबेश गरेका हुन् ।
आज भएको सेमिफाईनल खेलमा सिन्धुलीले सिन्धुपाल्चोकलाई ३ – ० को सोझो सेटमा हराएर जित निकाल्न सफल भएको छ ।
यस्तै, आज सिन्धुलीका महिला भलिबल टोलीले सेमिफाईनलमा रामेछापसंग प्रतिस्पर्धा गरेका थिए । जसमा महिला भलिबल टोलीले रामेछाप संग ३ – १ को सेटमा हार व्यहोरेको छ । हार संगै महिला भलिबल टोली प्रतियोगिताबाट बाहिरिएको छ ।
फागुन ३० गतेबाट चितवनको माडी नगरपालिकामा भएको प्रतियोगितामा सिन्धुलीले भोली फाईनलमा चितवनसंग खेल्ने भलिबल टिमका म्यानेजर ईश्वर दाहालले जानकारी दिनु भयो ।