सिन्धुलीको घ्याङलेख गाउँपालिकाले सुनौलो हजार दिनका महिलालाई सरसफाईका सामाग्रीहरु वितरण गरिएको छ । बहुक्षेत्रीय पोषण कार्यक्रम अन्र्तरगत गाउँपालिकाको आयोजनामा महिला तथा बालबालिकाहरुका लागि सरसफाईका सामाग्रीहरु वितरण गरिएको हो ।
यहि फागुन १२ गते तामाजोरमा स्वास्थ्य चौकीमा ६२ जनालाई, फागुन १३ गते अमले स्वास्थ्य चौकीमा ३९ जना स्थानीय महिला तथा बालबालिकालाई सरसफाईको सामाग्रीहरु वितरण गरिएको गाउँपालिकाकी बहुक्षेत्रीय पोषण स्वयमसेबक सुमित्रा बिश्वकर्माले जानकारी दिनु भएको छ ।
यस्तै, सोमबार बस्तिपुर स्वास्थ्य चौकीमा ५३ जना स्थानीय महिला तथा बालबालिकालाई स्वास्थ्य सामागी्र बितरण गरिएको थियो । सरसफाई सामाग्रीमा ५ वटा नुहाउँने साबुन, २ वटा मन्जन, १ ब्रस, १ काईयो, १ नेलकट र १ रुमाल प्रति महिला तथा बालबालिकालाई बितरण गरिएको थियो ।
महिला तथा बालबालिकालाई सामान्य किसिमका रोगबाट बचाउँने, सरसफाईतर्फ आकर्षित गर्ने उदेश्यले सामाग्री बितरण गरिएको हो । सरसफाईका सामाग्री ३ वटा वडा १, २, ३ मा बितरण गरिएको र अब बाकी रहेका ४ र ५ वडामा बितरण गर्न सामागी्र हेल्थ पोष्टमा राखिएकोे स्वयमसेबक बिश्वकर्माले बताउँनु भयो ।