Monday, April 22, 2024

गोलन्जोरमा व्याडमिन्टन प्रतियोगिता संचालन हुने

सिन्धुलीको गोलन्जोर गाउँपालिकामा व्याडमिन्टन प्रतियोगिता सचालन हुने भएको छ । फागुन २३ गते सोमबार देखि २५ गते सम्म व्याडमिन्टन प्रतियोगिता सुरु हुन लागेको गाउँपालिकाले आज एक सुचना निकालेर जानकारी दिएको हो ।

गाउँपालिकाको कार्यालय अन्तर्गत खेलकुद विकास समितिको निर्णय अनुसार प्रतियोगिता सिंगल, डबल र भिट्रान्स गरी तिन तहमा सञ्चालन हुने छ ।

प्रतियोगितामा सिंगल तर्फ प्रथम हुनेलाई १५ हजार, द्धितिय हुनेलाई ७ हजार ५ सय, तृतिय हुनेलाई ५ हजार र डबल तर्फ प्रथम हुनेलाई २० हजार, द्धितिय हुनेलाई १० हजार, तृतिय हुनेलाई ५ हजार सिल्ड मेडल र प्रमाण पत्रको प्रदान गरिने छ ।

यस्तै, भिट्रान्स तर्फ प्रथम हुनेलाई १५ हजार, द्धितिय हुनेलाई ७ हजार ५ सय, तृतिय हुनेलाई ५ हजार सिल्ड मेडल र प्रमाण पत्र प्रदान गरिने छ । प्रतियोगितामा बिजेता हुनेलाई खेल समाप्त भएको भोलिपल्ट २६ गते बिहिबार पुरस्कार प्रदान गरिने सुचनामा उल्लेख गरिएको छ ।

spot_img

Hot Topics

Related Articles