Thursday, March 27, 2025

गोलोन्जोरमा नेपाल कम्युनिष्ट पार्टी एमालेको तेस्रो पुर्ण बैठक सम्पन्न

सिन्धुलीको गोलोन्जोर गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी एमालेको तेस्रो पुर्ण बैठक सम्पन्न भएको छ । गाउँ कमिटिका अध्यक्ष रेगन राज थापाको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । बैठकबाट फागुन २८ गते सम्म टोल कमिटि गठन गरिसक्न पर्ने निणर्य भएको छ ।
साथै, बैठकमा आउँदो चुनाबको तयारीका बारेमा पनि छलफल भएको नेकपा एमाले जिल्ला उपाध्यक्ष कर्ण घिसिङले जानकारी दिनु भएको छ । बैठक केन्द्रिय कमिटि सदस्य गणेश कुमार पहाडीको प्रमुख आतिथ्यता, कमिटि सदस्य प्रदिप कटुवालको बिशिष्ट आतिथ्यता शुक्रबार सम्पन्न भएका भएको हो ।
यस्तै, अखिल नेपाल किसान महासंघ गालोन्जोर गाउँपालिकाको प्रथम किसान भेला सम्पन्न भएको छ । आज भएको भेलाबाट श्याम कुमार रम्तेलको अध्यक्षयतामा २१ सदस्य कमिटि गठन भएको हो ।
भेलाबाट कमिटिको उपाध्यक्षमा ढिल्ली प्रसाद देबकोटा, सचिबमा मादप प्रसाद बराल, सह सचिबमा धन बहादुर थापा, कोषाध्यक्षमा मेक बहादुर बस्नेत सहित २१ सदस्य कमिति गठन भएको नेकपा एमाले जिल्ला उपाध्यक्ष कर्ण धिसिङले जानकारी दिनु भएको छ ।

spot_img

Hot Topics

Related Articles