Friday, January 16, 2026

कमलामाई नगरपालिका ६ बोजेमा नेकपा एमालेको टोलकमिटी गठन

सिन्धुलीको कमलामाई नगरपालिका वडा न ६ बोजेमा नेकपा एमालेको टोलकमिटी गठन गरिएको छ । बुधबार गाबिन्द बहादुर कार्कीको अध्यक्षतामा ३३ सदस्य टोल कमिति गठन भएको हो ।
नब गठित कमिटिका सबै सदस्यहरुलाई नेकपा एमालेकी केन्द्रिय सदस्य उमा कोइरालाले बधाई एबं सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा नेकपा एमालेकी केन्द्रिय सदस्य उमा कोइराला, कमलामाई नगरपालिकाका मेयर खड्क बहादुर खत्री, नगर ईन्चार्ज हरि अधिकारी, जिल्ला समितिका सदस्य देव राज वाइवा, नगर कमिटिका अध्यक्ष महेन्द्र देव श्रेष्ठ, सचिव सिता सत्याल, स्थानीय बुद्धिजिबी, समाजसेबी लगायत स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको थियो ।

Hot Topics

Related Articles