सिन्धलीको कमलामाई नगरपालिकाले ६५ औ राष्ट्रिय सहकारी दिबसको अबसरमा अन्तक्र्रिया कार्यक्रम संचालन गर्ने भएको छ । मर्यादित व्यवसाय र प्रविधिमा सहकारी भन्ने मुल नाराका साथ सहकारी संस्थाहरुको लागी उत्पेरणात्मक अन्तक्र्रिया कार्यक्रम संचालन गर्न लागेको नगरपालिकाले एक सुचना निकालेर जानकारी दिएको हो ।
नगर कार्यपालिकाको कार्यालय तथा जिल्ला सहकारी संघ सिन्धुलीबाट आयोजित कार्यक्रम आगामी फागुन २० गते आईतबार सिताराम प्यार्टिप्यालेसमा संचालन हुने भएकाले नगर भित्रका सहकारीका कर्मचारी, शेयर सदस्य तथा संचालक समितिका पदाधिकारी मध्येबाट ५ जनालाई कार्यक्रममा सहभागी हुन नगरपालिकाले सबै सहकारी संस्थाहरुलाई आग्रह गरेको छ ।