Thursday, May 30, 2024

सिन्धुलीमा आज १४ जनामा कोरोना भाईरस पुष्टि

सिन्धुलीमा आज १४ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका अनुसार पिसिआर र एन्टीजेन्ट गरि ३२ जनामा गरिएको स्वाव परिक्षणमा ६ जना महिला र ८ जना पुरुषमा कोरोना भाईरस संक्रमण पुष्टि भएको हो ।
आज थपिए संगै जिल्लामा हाल सम्म कोरोना भाईरस संक्रमण पुष्टि हुनेको संख्या ३ हजार ८ सय १३ पुगेको छ ।
यस्तै, आज होम आईसोलेसनमा आज ४४ जना महिला र ९७ जना पुरुष गरि १४१ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।
सिन्धुलीमा हालसम्म कोरोना भाईरस संक्रमण मुक्त हुनेको संख्या ३ हजार ६ सय २७ पुगेको छ भने ४५ जनाको ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।

spot_img

Hot Topics

Related Articles