Wednesday, November 5, 2025

भरुवा बन्दुक पट्किएर एक जनाको मृत्यु

सिन्धुलीको तिनपाटन गाउँपालिका वडा नं –९ बोकेलप्सीमा भरुवा बन्दुक पट्किएर एक जनाको मृत्यु भएको छ । आईतबार बोकेलप्सी बस्ने केदार बहादुर केप्छाकीको छोरा अन्दाजी.२२ वर्षको पुनी साईला भन्ने दिल बहादुर केप्छाकीको मृत्यु भएको हो ।

केप्छाकीका घर नजिकै एक कि.मी पश्चिम जंगलमा भरुवा बन्दुक पट्किएर निजको मृत्यु हुना साथ आईतबार तत्काल प्रहरी चौकी चकमके सिन्धुलीबाट प्रहरी सहायक निरिक्षक को टोली घटनास्थल तर्फ गई घट्नास्थल सुरक्षीत राखेर थियो ।

आज सोमबार ईलाका प्रहरी कार्यालय डकाहा सिन्धुलिबाट प्रहरी निरिक्षको कमाण्डमा खटीएको टोलि घटनास्थलमा गई लाशजाँच मुचुल्का लगायतका अनुसन्धानका कार्य पुरा गरेर भरुवा बन्दुक बरामद गरी लास पोष्टमार्टमको लागि प्राथमिक स्वास्थ्य चौकी लामान्टार तर्फ पठाई थप अनुसन्धान कार्य भईरहेको सिन्धुलीका प्रहरी निरिक्षक सरोज राईले जानकारी दिनु भयो ।

Hot Topics

Related Articles