Monday, October 7, 2024

मरिण गाउँपालिकाद्धारा ५२ सहिद तथा वेपत्ता परिवारलाई सम्मान

सिन्धुलीको मरिण गाउँपालिकाले सहिद तथा वेपत्ता परिवारलाई सम्मान गरेको छ । आज गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनको अध्यक्षयता, बागमती प्रदेश सभा सदस्य राजन दाहालको प्रमुख आतिथ्यता, सिन्धुली जिल्ला राष्ट्रिय भूमी आयोगका अध्यक्ष राम कुमार पौडेलको बिशिष्ट आतिथ्यतामा २७ औं जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रममा सहिद तथा वेपत्ता परिवारलाई सम्मान गरेको हो ।
मरिण गाउँपालिकाको आर्थिक सहयोगमा पालिका भित्रका केशब बहादुर थिङ, फत्त बहादुर श्रेष्ठ, बुद्ध बहादुर माझी, टिका कुमार श्रेष्ठ, खामबिर माझी, दथुल मान योन्जन, भेष बहादुर माझी, तिर्थ बहादुर थापा, गणेश बहादुर नेपाली, यज्ञ बहादुर श्रेष्ठ, मान बहादुर मग्राती, ललित बहादुर थापा, भुबन कुवर, चन्द्र बहादुर माझी, अनिता माझी, लालकाजी माझी, लक्ष्मी कुवर, दल बहादुर माझी, मन्जु कुबर, शिर माझी, शेरमान कुबर, मोहन आर्चाय, सानी माया श्रेष्ठ, भेश बहादुर माझी, गणेश नेपाली, शुक्र राज धिसिङ, तत्तुर मान तामाङ, बुद्ध लाल धिसिङ, सम्झना माझी, दान बहादुर बिक, पदम बहादुर निजार, तिर्थ थिङ, पदम बहादुर रोका, बुद्ध थिङ, धन बहादुर गोले, रमिता सिदाली, सोम बहादुर घलान, मिन कुमारी लुमे्र, यम कुमारी लुमे्र, भिम बहादुर लुमे्र मगर, वलक बहादुर राना, बिर बहादुर तामाङ, सुनी माया घलान, यन्द्री माया बल, राजु नेपाली, उत्तम बहादुर ठाडा मगर, गौतम श्रेष्ठ सहित अन्य गरि जम्मा ५० सहिद परिबारलाई जनही १० हजार ५०० र माला दोसल्ला सहित सम्मान गरिएको थियो ।
यस्तै, बिष्णु माझी, श्याम बिर माझी गरि २ जना बेपत्ता परिवार लाई पनि १० हजार ५०० र माला, दोसल्ला सहित सम्मान गरिएको गाउँपालिकाका सुचना अधिकारी सुदिप केसीले जानकारी दिनु भयो
सम्मान कार्यक्रमका उपाध्यक्ष संगीता माझी, प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी, ने.क.पा. माओवादी केन्द्रका अध्यक्ष गोपाल बुढाथोकी, वडा अध्यक्ष लगायत कार्यपालिका सदस्य हरुको उपस्थिति रहेको थियो ।

spot_img

Hot Topics

Related Articles