Saturday, February 15, 2025

हरिहरपुरगढी गाउँपालिकाले १५ र १६ गते सार्वजनिक बिदा दिने

सन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले १५ र १६ गते सार्वजनिक बिदा दिने भएको छ । गाउँकार्यपालिकाको ८ गतेको निर्णय अनुसार मगर दिबस र लदी पर्वको अबसरमा सार्वजनिक बिदा दिन लागेको गाउँपालिकाले शुक्रबार एक सुचना निकालेर जानकारी दिएको हो ।

माझी भाषामा लदी भन्नाले नदी भन्ने हुन्छ । परम्परागत संस्कृति रितिरिवाज र पहिचान जोगाउन लदी पर्ब मनाईदै आइएको छ । सोहि दिबसको अबसरमा सार्वजनिक बिदा दिन लागेको गाउँपालिकाले जनाएको छ ।

यस्तै, मगर दिबसको अबसरमा पनि गाउँपालिकाले सार्वजनिक बिदा दिन भएकोे छ । सांसार भरि छरिएर बसोबास गर्दैआएका मगर समुदायहरुले आफ्नो भेषभुषा, भाषा , सस्कार सास्कृती र पहिचान जोगाउन र सम्पुर्ण मगरहरुमा आपसी मेलमिलाप ,मित्रता , भाइचारा ,सद्भाव साथै मगर एकता अझ बलियो होस भन्ने उद्देश्य दिवस मनाउन गरिन्छ ।

सार्वजनिक बिदाको दिन गाउँपालिका मातहतको सम्पुर्ण सरकारी कार्यालयहरु बन्द रहनेछन् भने शैक्षिक संस्थाहरुको हकमा भने खोप संचालन हुने बिद्यालयहरु संचालन हुने गाउँपालिकाले सुचना मार्फत जानकारी दिएको छ ।

spot_img

Hot Topics

Related Articles