Monday, October 7, 2024

स्थगित गरिएका परीक्षा र कक्षा पर्सिदेखि भौतिक उपस्थितिमा सञ्चालन गर्न त्रिविको निर्देशन

काठमाण्डौ – त्रिभुवन विश्वविद्यालय त्रिविले सबै क्याम्पसलाई पर्सिदेखि स्थगित गरिएका परीक्षा र कक्षा सम्भव भएसम्म भौतिक उपस्थितिमा सञ्चालन गर्न निर्देशन दिएको छ ।

त्रिविको कार्यकारी परिषद्को बैठकले कोरोना भाइरस सङ्क्रमणले रोकिएका परीक्षा र सम्भव भएसम्म भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्न निर्देशन दिएको त्रिविको सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालले जानकारी दिनुभयो ।

क्याम्पसरविभागरस्कुलमा विद्यार्थीको प्रत्यक्ष कक्षा सञ्चालनको अनिवार्यतालाई विचार गरी त्रिविले स्थानीय तहको समन्वयमा तोकेको समयसीमा र स्वास्थ्य मापदण्डभित्र रही जोखिम नियन्त्रणका लागि पूर्वतयारी एवम् सतर्कता अवलम्बन गर्दै सम्भव भएसम्म भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्न निर्देशन दिएको उहाँले बताउनुभयो ।

कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि त्रिविले माघ पहिलो हप्तादेखि सञ्चालन हुने परीक्षा स्थगन गरेको थियो । यसअघि सरकारले पनि पर्सिदेखि विद्यालय तहको कक्षा सञ्चालन गर्न निर्देशन दिइसकेको छ।

spot_img

Hot Topics

Related Articles