Tuesday, November 18, 2025

सिन्धुलीमा लागु औषध गाजाँ सहित ३ जना प्रकाउ

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले गाजाँ सहित ३ जना लाई प्रकाउ गरेको छ । सोमबार कमलामाई नगरपालिका वडा नं.४ खहरेखोला नजिकै केही मानिसहरूले अबैध लागु औषध गाँजा बिक्री बितरण गर्ने उदेश्यले लुकाई छिपाई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा छानमिन गर्दा ३ जना लाई प्रहरीले प्रकाउ गरेका हो ।
सिन्धुली कमलामाई नगरपालिका वडा नं.१ ओखले वस्ने ४३ वर्षीय कालु ब्लोन र सोही स्थानमा बस्ने १९ वर्षीय कृष्ण बहादुर ब्लोनले आ–आफ्नो टाउकोमा १-१ बटा बोरा बोकी नजिकैको पन्चकन्या बन तर्फ जादै गरेको अवस्थामा देखी उनीहरुलाई नियन्त्रणमा लिई कानुन बमोजिम शरिर तथा बोकेको बोरा समेत खानतलासी गर्दा कालु ब्लोनले लगाएको पाईन्टको दाहिने खल्तीवाट निलो रंगको लाभा कम्पनीको कि–प्याड मोबाईल १ थान, नगद बाईस हजार र लागु औषध गाँजा २०.३४ के.जी फेला पारेको जिल्ला प्रहरी कार्यलय सिन्धुलीका प्रहरी नायव उपरिक्षक मनोज कुमार लामाले जानकारी दिनु भयो ।
यस्तै, सोही स्थानबाट कृष्ण बहादुर ब्लोनको साथवाट उनले लगाएको पाईन्टको दाहिने खल्तीवाट स्क्रिनटच मोबाईल १ थान र लागु औषध गाँजा १६.२७ के.जी फेला पारिएको प्रक्तता लामाले जानकारी दिनु भयो ।
यस्तै, कालु ब्लोनलाई सोधखोज गर्दा अरू थप लागु औषध गाँजा मेरो भान्जा नाता पर्ने जिल्ला सिन्धुली मरिण गाउँ पालिका वडा नं.७ देवसरा बस्ने बहादुर गोलेसंग छ, भनी बताएको प्रक्तता लामाले जानकारी दिनु भयो ।
कालु ब्लोनलको बयान अनुसार उक्त स्थानमा टोली खटी गई बहादुर गोलेलाई भेटी लागु औषध गाजाँ काहाँ छ भनी सोधपुछ गर्दा सोही स्थानका प्रसाद गोलेको परालको कुन्युमा लुकाई छिपाई राखेको बताएका थिए ।
परालमा खान्तलासी गर्दा जम्मा ६८.८४२ के.जी परालले छोपी रहेको अवस्थामा लागु औषध गाँजा र गोलको शरीर खान्तलासी गर्दा स्क्रिनटच मोबाईल १ थान बरामद गरिएको थियो ।
तिनै जना कसूरदार बिरुद्ध लागू औषध ऐन अनुसार थप अनुसन्धानको लागि सिन्धुली जिल्ला अदालतमा अनुसन्धान भई रहेको प्रहरी नायव उपरिक्षक लामाले जानकारी दिनु भयो ।

Hot Topics

Related Articles