सिन्धुलीको कमलामाई नगरपालिकामा संचालन भईरहेको जेष्ठ नागरिकहरुको दन्त परीक्षण तथा निशुल्क दन्त शिबिर २ वडामा सम्पन्न भएको छ । कमलामाई नगरपालिकाकोे आयोजना, अल्फा ओरल केयरको प्राबिधिक सहयोगमा संचालन भईरहेको शिबिर वडा नम्बर १३ र ८ मा सम्पन्न भएको हो ।
यहि फागुन ८ गते कमलामाई नगरपालिका वडा नम्बर १३ मा शिबिर भएको थियो जसमा ९० जना दाँतका विरामीले शिविरबाट सेवा लिएका थिए । त्यस्तै, फागुन १५ गते कमलामाई नगरपालिका वडा नम्बर ८ मा शिबिर सम्पन्न भएको थियो जसमा ५० जना दाँतका विरामीले शिविरबाट सेवा लिएका नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ ।
यस्तै, यहि फागुन १८ गते कमलामाई नगरपालिका वडा नम्बर १२ फलामेमा शिबिर संचालन हुने छ भने फागुन २० गते वडा नम्बर ३ चपौलीमा संचालन हुने छ ।
शिबिरमा निशुल्क मुख तथा दातको परिक्षण, जेष्ठ नागरिकहरुको कृत्रिम दाँत राख्नका लागी दन्त परिक्षण, निशुल्क औषधी बितरण र बच्चाहरुको हल्लिएको दाँत निकाल्ने छ ।