Thursday, April 18, 2024

सिन्धुलीमा आज ३ जनामा कोरोना भाईरस संक्रमण पुष्टि

सिन्धुलीमा आज ३ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका अनुसार पिसिआर र एन्टीजेन्ट गरि १३ जनामा गरिएको स्वाव परिक्षणमा २ जना महिला र १ जना पुरुषमा कोरोना भाईरस संक्रमण पुष्टि भएको हो । आज थपिए संगै जिल्लामा हाल सम्म कोरोना भाईरस संक्रमण पुष्टि हुनेको संख्या ३ हजार ८ सय ५४ पुगेको छ ।

यस्तै, आज हाल होम आईसोलेसनमा १६ जना महिला र २९ जना पुरुष गरि ४५ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । जिल्लामा हालसम्म कोरोना भाईरस संक्रमण मुक्त हुनेको संख्या ३ हजार ७ सय ३० पुगेको छ भने ४५ जनाको ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।

spot_img

Hot Topics

Related Articles