सिन्धुलीको कमलामाई नगरपालिकाका वडा नं ३ जलकन्यामा भुमिहिन दलित, भुमिहिन सुकुम्वासी, अव्यबस्थित वसोवासीहरुलाई नक्सा प्रमाणिकरणको आधारमा निवेदन दर्ता तथा नाप नक्साको निस्सा वितरण गरिएको छ । सोमबार राष्ट्रिय भूमि आयोग कमलामाई नगरपालिकाको आयोजनामा कमलामाई नगरपालिकाको वडा नं ३ का वडा अध्यक्ष खडग प्रसाद चौलागाईको अध्यक्षता, राष्ट्रिय भूमी आयोगका जिल्ला अध्यक्ष राम कुमार पौडेलको प्रमुख आतिथ्यता, कमलामाई नगरपालिकाकी उप प्रमुख मन्जु देवकोटाको विशिष्ट आतिथ्यतामा एक कार्यक्रमका बिच निवेदन दर्ता तथा नाप नक्साको निस्सा वितरण गरिएको हो ।
कार्यक्रममा २ जना भुमिहिन सुकुम्बासी र अन्य भुमिहिन २५ जनालाई गरि जम्मा १७ जनालाई निस्सा बितरण गरिएको थियो । नाप नक्साको निस्सा वितरण गर्न छुटेकाहरुको पनि यहि हप्तामा सम्पन्न गर्ने गरि लालपुर्जा वितरण गरिने ईकाई प्रमुख मुकेश तामांगले जानकारी दिनु भयो ।
कार्यक्रममा नापी कार्यलय सिन्धुली, मालपोत कार्यालय सिन्धुली, जिल्ला समन्वय समिति सिन्धुलीका अभिलेखिकरण कार्यका संयोजक, वडा नं ९ का वडा अध्यक्ष देवराज पौडेलको लगायत स्थानीयको उपस्थिति रहेको थियो ।