सिन्धुलीको शिद्धस्थली क्लब रातमाटाले बाटो तथा नाला सरसफाई र फुटपाथ निर्माण कार्य सम्पन्न गरेको छ । क्लबले कमलामाई नगरपालिकाको प्राविधिक सहयोगमा आज रातमाटा स्थीत लक्ष्मण चोक देखि शान्तिनगर चोक सम्म बाटो तथा नाला सरसफाई र फुटपाथ निर्माण गरेको शिद्धस्थली क्लब रातमाटाका सचिब दिपेन्द्र ध्वज बस्नेतले जानकारी दिनु भयो । बाटो तथा नाला सरसफाई र फुटपाथ निर्माण गरेको सो सडक विपि राजमार्ग अन्तरर्गत पर्दछ ।