Tuesday, January 21, 2025

लोपोन्मुख हायु जातिको भाषा संरक्षणका लागि आयोजना गरिएको तालिम सम्पन्न

सिन्धुलीमा हायु समुदायका किसोरीहरुको लागि नेतृत्व बिकास तथा वकालत सम्बन्धी तालिम सम्पन्न भएको छ ।
राष्ट्रिय आदिवासी जनजाति महिला मन्चको आयोजनामा शुक्रबार देखि संचालन भएको ३ दिने किशोरीहरुको नेतृत्व बिकास सम्बन्धि तालिम आज आईतबार सम्पन्न भएको हो ।
हायु समुदायका किशोरीहरुको नेतृत्व बिकास गराउने उदेश्यले तालिमको आयोजना गरिएको हो । तालिममा लोपोन्मुख हायुजातीको भाषा लोप हुन नदिनको लागि के गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिईएको थियो ।
हायु भाषालाई अहिलेको पुस्ताले संरक्षण गर्नुपर्न जिम्मेवारी रहेको भन्दै हायु भाषाको संरक्षण कसरी गर्ने भन्ने बिषयमा छलफल भएको थियो ।
तालिममा जिल्लाका १७ जना हायु किसोरी हरुको सहभागिता रहेको थियो ।

spot_img

Hot Topics

Related Articles