Tuesday, April 16, 2024

मरिण गाउँपालिकामा दोस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता बितरण हुने

सिन्धुलीको मरिण गाउँपालिकामा दोस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता बितरण हुने भएको छ । गाउँपालिका भित्र रहेको सामाजिक सुरक्षा भत्ता पाउने लाभगा्रहीहरुको आर्थिक बर्ष २०७८ -२०७९ को दोस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता बिबरण हुन लागेको गाउँपालिकाले आज (मंगलबार) एक सुचना निकालेर जानकारी दिएको हो ।
सामाजिक सुरक्षा भत्ता बितरण वडा नम्बर ७ मा माघ २६ र २७ गते, वडा नम्बर ६ मा माघ २८ गते र फागुन १ गते, वडा नम्बर ५ मा फाग्ुन २ र ३ गते, वडा नम्बर ४ मा फागुन ४ र ५ गते, वडा नम्बर ३ मा ६ र ८ गते, वडा नम्बर २ मा ९ र १० गते र वडा नम्बर १ मा ११ र १२ गते बितरण हुने भएकाले आ आफ्ना वडामा तोकिएको मितिमा मात्र बैङकमा भुक्तानीका लागी उपस्थिति हुन गाउँपालिकाले सबै लाभग्राहीलाई आग्रह गरेको छ ।

spot_img

Hot Topics

Related Articles