Saturday, February 15, 2025

मरिण गाँउपालिलकामा पकेट बिकास कार्यक्रमको लागि बजेट विनियोजन

सिन्धुलीमा हायु समुदायका किसोरीहरुको लागि नेतृत्व बिकास तथा वकालत सम्बन्धी तालिम सम्पन्न भएको छ ।
राष्ट्रिय आदिवासी जनजाति महिला मन्चको आयोजनामा शुक्रबार देखि संचालन भएको ३ दिने किशोरीहरुको नेतृत्व बिकास सम्बन्धि तालिम आज आईतबार सम्पन्न भएको हो ।
हायु समुदायका किशोरीहरुको नेतृत्व बिकास गराउने उदेश्यले तालिमको आयोजना गरिएको हो । तालिममा लोपोन्मुख हायुजातीको भाषा लोप हुन नदिनको लागि के गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिईएको थियो ।
हायु भाषालाई अहिलेको पुस्ताले संरक्षण गर्नुपर्न जिम्मेवारी रहेको भन्दै हायु भाषाको संरक्षण कसरी गर्ने भन्ने बिषयमा छलफल भएको थियो ।
तालिममा जिल्लाका १७ जना हायु किसोरी हरुको सहभागिता रहेको थियो ।

सिन्धुलीको मरिण गाँउपालिलकामा पकेट बिकास कार्यक्रम संचालन हुने भएको छ । आर्थिक बर्ष २०७८-७९ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत गाउँपालिकाको वडा नम्बर ४ र ५ मा धान बालीको साना व्यवसायीक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम संचालन हुन लागेको गाँउपालिकाले आइतबार एक सुचना निकालेर जानकारी दिएको हो ।
पकेट विकास कार्यक्रमको लागी गाउँपालिकाको वडा नम्बर ४ र ५ मा ६ लाख बजेट बिनियोजन गरिएको छ ।
पकेट विकास कार्यक्रममा सहभागी हुनका लागी कृषि समुह, सहकारी,फर्म, उद्यमी कृषकहरुले दर्ताप्रमाणप्रत्र, नविकरण, करचुक्ता प्रमाणप्रत्रको प्रतिलिपि, समुह सहकारीको हकमा समिती बैठकको प्रतिलिपि, सहकारीको हकमा आर्थिक बर्ष २०७७-७८ मा लेखा परिक्षण भएको प्रमाण, जग्गाको क्षेत्रफल र स्वामित्व वा हकभोग खुल्ने प्रमाणप्रत्रको प्रतिलिपि, सम्बन्धीत वडाको सिफरिस लिई आजको मितिले २१ दिन भित्र गाँउपालिकाको कृषि शाखामा निवेदन पेश गर्न गाउँपालिकाले अनुरोध गरेको छ ।
यस्तै , पकेट विकास कार्यक्रम गर्न चाहाने कृषकको जग्गाको क्षेत्रफ कम्तिमा ४५० कठ्ठा हुनुपर्ने पनि सुचनामा उल्लेख गरिएको छ ।

spot_img

Hot Topics

Related Articles