Thursday, May 30, 2024

बहुउदेश्य सहकारी संस्थालाई पैसा गन्ने मेसिन बितरण

सिन्धुलीको मरिण गाउँपालिकाकाले नमुना बहुउदेश्य सहकारी संस्था लिमिटेडलाई दुई थान पैसा गन्ने मेसिन बितरण गरेको छ । बुधबार गाउँपालिकाका अध्यक्ष पानी राज बम्जनले मेसिन बितरण गर्नु भएको हो ।

गाउँपालिकाको आर्थिक सहयोगमा सहकारीलाई एक मुस्ट गन्ने र सिङगल सिङगल गर्ने २ थान मेसिन बितरण गरेको गाउँपालिकाका सुचना अधिकारी सुदिप के सीले जानकारी दिनु भयो ।

सहकारीमा पहिलो पटक मेसिन प्रयोग गर्न लागीएको हो । पैसा गन्ने मेसिन प्रयोगमा आएपछि पैसा गन्न समय नलाग्ने, छिटो पैसा प्राप्त गर्न सकिने सुचना अधिकारी के सी ले बताउँनु भयो ।

मेसिन बितरण कार्यक्रममा मरिण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी , सहकारी संस्थाका अध्यक्ष खडानन्द तिमल्सिन लगायत पालिकाका अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

spot_img

Hot Topics

Related Articles