Monday, October 7, 2024

निर्वाचन आयोगले आजदेखि चुनावबारे दैनिक ‘प्रेस ब्रिफिङ’ गर्ने

काठमाण्डौ – निर्वाचन आयोगले आसन्न पालिका तहको चुनाव र आयोगका दैनिक गतिविधिबारे प्रत्येक दिन सञ्चार माध्यमलाई जानकारी गराउने भएको छ ।

कान्तिपथमा रहेको आयोग परिसरको मिडिया सेन्टरबाट फागुन १ गतेदेखि प्रत्येक दिन अपराह्न चार बजे प्रवक्ता– सञ्चारकर्मी भेट कार्यक्रम सञ्चालन हुनेछ । चुनावका सन्दर्भमा आयोगका दैनिक गतिविधि तथा चुनावसँग सम्वन्धित अन्य विषयमा सञ्चार माध्यमलाई सूचना सम्प्रेषण गर्ने उद्देश्यले “प्रेस मीट” गर्न लागिएको आयोगका प्रवक्ता शालीग्राम शर्माले जानकारी दिनुभयो ।

पालिका तहको चुना यसअघि नै आगामी वैशाख ३० गतेका लागि घोषणा भइसकेको छ । दैनिकरुपमा सञ्चारमाध्यम मार्फत सम्पूर्ण नेपालीलाई चुनाव गतिविधि अद्यावधिक गरी चुनाव वातावरण बनाउन आयोगलाई सहयोग गर्ने हेतुले प्रवक्ता सञ्चारकर्मी भेटघाट राखिएको उहाँले बताउनुभयो । दैनिकरुपमा हुने प्रेस मीटले चुनाव सम्बन्धमा आउन सक्ने भ्रमपूर्ण विषयवस्तुलाई चिर्न समेत सहयोग पुग्नेछ ।

दैनिक प्रेस ब्रिफिङबाट समयको सही उपयोगका साथै सूचना प्राप्त गर्ने विषयमा हुन सक्ने अलमल अन्त्य हुने आयोगले विश्वास लिएको छ । निर्वाचनसँग सम्बन्धित सबै समाचार र सूचना तोकिएको समयमा एकै स्थानबाट सहजरुपमा उपलब्ध हुने जनाउँदै आयोगले दैनिकरुपमा हुने प्रेस मीटमा उपस्थितिका लागि सबै सञ्चार गृह र सञ्चारकर्मीलाई आग्रह गरेको छ । आयोगले प्रेस मीट सम्बन्धी सूचना वेबसाइटमा पनि राख्नेछ ।

spot_img

Hot Topics

Related Articles