Thursday, May 30, 2024

नगर भित्रका एकल महिलालाई न्यानो कपडा बितरण

सिन्धुली -कमलामाई नगरपालिका वडा नम्बर ६ मा एकल महिलालाई न्यानो कपडा वितरण गरिएको छ ।
एकल महिला समुहको आर्थिक सहयोगमा नगर भित्रका ३५ जना एकल महिलालाई न्यानो स्वेटर वितरण गरिएको हो ।
आज मानव अधिकारका लागि महिला, एकल महिला समुहको आयोजनामा कमलामाई नगरपालिकाका मेयर खड्ग बहादुर खत्रिले न्यानो कपडा वितरण गर्नुभएको थियो । कार्यक्रममा कमलामाई नगरपालिकाका उप प्रमुख मन्जु देवकोटा लगाएतको उपस्थिति रहेको थियो ।

spot_img

Hot Topics

Related Articles