Tuesday, April 16, 2024

दुई जना फरार प्रतीवादी पक्राउ

जिल्ला प्रहरी कार्यालयल सिन्धुलीले दुई जना फरार प्रतीवादीलाई पक्राउ गरेको छ । सोमबार सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ३ बनौलि बस्ने लोक बहादुर घिसिङका ४३ वर्षिया श्रीमती बुद्धिमाया घिसिङलाई जबरजस्ती करणी र वडा नम्बर ५ बस्ने रमेश राईलाई चोरी मुद्धामा प्रहरीले प्रक्राउ गरेको हो ।
घिसिङलाई जिल्ला अदालत सिन्धुलीको २०७७ साल पौष २७ गतेको आदेशले छ वर्ष केैद सजाय तोेकेको सिन्धुलीका प्रहरी नायव उपरिक्षक मनोज कुमार लामाले जानकारी दिनुभयो ।
यस्तै, राईलाई २०७५ साल साउन १२ को फैसलाले चोरी मुद्धामा एक महिना कैद र पाँच हजार एक सय रुपैँया जरिवाना तोकेको थियो । उनीहरु दुवै फरार रहेकोमा प्रहरीले खोजतलास गर्ने क्रममा सोमबार पक्राउ गरी अदालत सिन्धुलीमा बुझाइएको प्रवक्ता लामाले जानकारी दिनुभयो ।

spot_img

Hot Topics

Related Articles