जिल्ला प्रहरी कार्यालय सिन्धुलीले दुइ फरार प्रतिबादिलाई पक्राउ गरेको छ । मंगलबार सार्वजनिक अपराध मुद्दामा ६ वर्ष देखि फरार रहेका मरिण गाउँपालिका १ का ३८ वर्षिय भिम बहादर वाईबा र बन पैदावार हानि नोक्सानि मुद्दामा ७ वर्ष देखि फरार रहेका मरिण गाउँपालिका ३ का कान्छामान थिङलाई प्रहरीले पक्राउ गरेको हो ।
वाईबालाइ सार्वजनिक अपराध मुद्दा शिर्षकमा अदालतको २०७२ माघ १९ गतेको फैसल्ला आदेशले एक हजार जरिवाना तोकेको थियो । जरिवाना नबुझाइ फरार रहेका वाइबालाई बाँदरे टोल स्थित गाऊँघरमा लुकिछिपी बसेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक मनोज कुमार लामाले जानकारी दिनु भयो ।
यस्तै, थिङलाई बन पैदावार हानि नोक्सानि मुद्दामा अदालतको २०७१ चैत १७ गते भएको फैसलाले एक हजार जरिवाना तोकेको थियो । जरिवाना नबुझाइ फरार रहेका थिङलाई खोज तलासको क्रममा धमिले बजारमा लुकिछिपी हिड्दै गरेको अवस्थामा प्रहरीले फेला पारेको थियो । उनीहरु दुबै फरार रहेको मा प्रहरीले खानतलासी गर्ने क्रममा मंगलबार प्रकाउ गरि सिन्धुली जिल्ला अदालत बुझाईएको प्रवक्ता लामाले जानकारी दिनुभयो ।