Saturday, June 14, 2025

गोलोन्जोरमा प्रधानमन्त्री रोजगारी कार्यक्रम संचालन हुने

सिन्धुलीको गोलोन्जोर गाउँपालिकामा प्रधानमन्त्री रोजगारी कार्यक्रम संचालन हुने भएको छ । रोजगारीको हक सम्बन्धी ऐन २०७५ को नियमावली तथा प्रधानमन्त्री रोजगारी कार्यक्रम संचालन निर्देशिका २०७५ बमाजिम आर्थिक बर्ष २०७९, ८० अन्तर्गत कार्यक्रम संचालन हुन लागेको आईतबार गाउँपालिकाले एक सुचना निकालेर जानकारी दिएको छ ।

रोजगारी कार्यक्रममा सहभागी हुनका लागी नागरिकताको प्रतिलिपि १ प्रति, निबेदकको पासपोर्ट साईजको फोटो एक प्रति, नागरिकता नलिएको हकमा जन्म मिति खुल्ने कागजपत्र लिई १८ बर्ष देखि ५९ बर्ष उमेर समुहका बेरोजगार व्यक्तिहरुले सम्बन्धित वडा कार्यालयमा निबेदन पेस गर्न गाउँपालिकाले अनुरोध गरेको छ ।

((

spot_img

Hot Topics

Related Articles