Thursday, March 27, 2025

कमलामाइ नगरपालिका ७ बासकटेरिमा विभिन्न पाटी परित्याग गरि ४९ जना नेकपा एमालेमा प्रवेश

सिन्धुलीको कमलामाइ नगरपालिका वडा न.७ बासकटेरिमा विभिन्न पाटी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन् । आईतबार नेकपा एमाले केन्द्रिय कमिटी सदस्य सुवाष देवकोटाको प्रमुख आतिथ्यतामा, कमलामाइ नगर प्रमुख खड्गबहादुर खत्री र नेकपा एमाले सिन्धुली जिल्ला कमिटी अध्यक्ष कुमार बहादुर काकीको बिशिष्ट आतिथ्यतामा, एक कार्यक्रमका बिच ४९ जना नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

यस्तै, वडा न.७ बासकटेरिमा आईतबार नै हरि बहादुर स्याङतानको अध्यक्षतामा २३ सदस्य नेकपा एमाले टोल कमिटी गठन गरिएको छ । टोलकमिटिमा रहनु भएका सम्पुर्णलाइ सदस्यलाई तथा नेकपा एमालेमा प्रवेश गर्नुहुने सबै नबप्रबेशीलाई शुभकामना ब्यक्त गरिएको थियो ।

पार्टी प्रबेश कार्यक्रममा नेकपा एमाले सिन्धुली जिल्ला कमिटी उपाध्यक्ष कर्ण घिसिङ, उपसचिव रस्मिला देवकोटा, दिपेन्द्र फुयाल, दिपेश बराल, देवराज वाइवा, .मेनुका तिमल्सिना , नेकपा एमाले कमलामाइ नगरकमिटी अध्यक्ष महेन्द्रदेव श्रेष्ठ , सचिव कृष्णहरी घिमिरे ,उपसचिव सीता सत्याल, सुन्दर घिसिङ , अनेरास्ववियु प्रदेश कमिटी सदस्य देवि सापकोटा , अनेरास्ववियु सिन्धुली जिल्ला कमिटी सचिव सन्तोष कार्की ,अनेरास्ववियु सिन्धुली जिल्ला कमिटी कोषाध्यक्ष सन्तोष घिमिरे लगायत स्थानीय बासीन्दाको उपस्थिति रहेको थियो ।

spot_img

Hot Topics

Related Articles