Wednesday, March 26, 2025

एक हप्तादेखि बन्द शहीद मार्गको रिका खण्ड सञ्चालनमा

रुकुम पूर्व – गएको हप्तादेखि हिमपातका कारण बन्द भएको शहीद मार्ग सञ्चालनमा आएको छ ।

रुकुम पूर्वको पुथाउत्तरगङ्गा र भूमे गाउँपालिकाको सिमानामा पर्ने याे सडकको रिका खण्ड सञ्चालनमा आएको हो । 

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक  गणेशबहादुर श्रेष्ठले बन्द शहीद मार्ग  पुनः सञ्चालन आएको जानकारी दिनुभयो ।

बर्सेनि हिमपातका कारण शहीद मार्गको याे खण्डमा सडक अवरुद्ध हुनेगर्छ ।

हिमपातकै कारण बन्द भएको मध्यपहाडी लोकमार्गको लुकुम–पातीहाल्ना खण्ड भने अझै सञ्चालनमा आउन सकेको छैन।

spot_img

Hot Topics

Related Articles