Thursday, June 20, 2024

सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ८ मा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ८ मा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
रोटरयाक्ट क्लब अफ सिन्धुलीगढि र रोटरयाक्ट क्लब अफ रुद्रमति बबरमहलको आयोजनामा आज कमला आधारभुत विद्यालयमा स्वास्थ्य शिविरको आयोजना गरेको हो ।
निशुल्क स्वास्थ्य शिविरमा आँखा , गाईनो र कान सम्बन्धीका चिकित्सकहरुबाट एक सय असि बढिले स्वास्थ्य परिक्षण गराएका छन् ।
शिविरमा स्वास्थ्य परिक्षण गराएकाहरुको लागि निशुल्क औषधी क्लबले उपलब्ध गराएको छ ।
निशुल्क स्वास्थ्य शिविर सन्चालनको लागि कमलामाई नगरपालिकाको पनि सहयोग रहेको छ ।
स्वास्थ्य शिविर गर्नुपर्ने आवश्यकता परेको ठाउमा आएर सेवा गर्न पाउँदा आफु खुशि रहेको आँखा सम्बन्धी चिकित्सक डाक्टर अरुण लामाले बताउनु भयो ।
रोटरयाक्ट क्लब अफ सिन्धुलीगढिले यस अघि पनि समाजमा विभिन्न चेतना मुलक गतिविधि गर्दै आएको छ ।

spot_img

Hot Topics

Related Articles