Thursday, April 18, 2024

ग्लोबल आईएमई बैँकद्धारा जिल्ला अस्पताल सिन्धुलीलाई तीन थान हिटर सहयोग

ग्लोबल आईएमई बैँकको १५ औँ वार्षिक उत्सवको अवसरमा जिल्ला अस्पताल सिन्धुलीलाई आज तीन थान हिटर सहयोग गरेको छ ।
अस्पतालमा हिटर आबश्यक रहेकाले बैँकले वार्षिक उत्सवको अवसरमा हिटर सहयोग गरेको हो ।
अस्पताललाई तीन थान हिटर सहयोग गर्दै बैँकले वित्तिय क्षेत्र मात्र नभई सामाजिक क्षेत्रमा पनि उल्लेखनिय भुमिका खेल्दै आएको ग्लोबल आईएमई बैँक शाखा सिन्धुलीका शाखा प्रमुख अरविन कुमार शाहाले बताउनु भयो ।
बैँकले अस्पताललाई हिटर सहयोग गरेकोमा जिल्ला अस्पताल सिन्धुलीका अध्यक्ष प्रलाद पोखे्रले धन्यवाद दिँदै वित्तिय क्षेत्रमात्र नभई सामाजिक क्षेत्रलाई पनि अगाडि बढिरहन सुझाब दिनुभयो ।
ग्लोबल आईएमई बैँकले आज १५ औँ वार्षिक उत्सवको अवसरमा २८७ शाखामा विविध कार्यक गरि मनाएको छ ।

spot_img

Hot Topics

Related Articles