Thursday, January 23, 2025

सिन्धुलीमा कुखुरा र बङ्गुर पालन व्यवसायको लागी सीप विकास तालिम संचालन

सिन्धुलीको कमलामाई नगरपालिकामा कुखुरा र बङ्गुर पालन व्यवसायको लागी सीप विकास तालिम संचालन भएको छ । कमलामाई नगरपालिकाको आयोजनामा नगर प्रमुख खड्ग बहादुर खत्री को अध्यक्षतामा र प्रमुख प्रशासकीय अधिकृत विशकसेन ढकाल को प्रमुख आतिथ्यतामा र्कायक्रम उद्घाटन गरिएको हो ।

सीप विकास तालिममा कमलामाई नगरपालिकाका वडा नम्बर ८ का नागरिकलाई तालिम दिईरहेको छ भने वडा नम्बर ४ र बडा नम्बर ७ का व्यवसायिहरुलाई आज बाट तालिम दिईएको उद्योग तथा व्यवसाय प्रवर्धन शाखाकी अधिकृत सुलोचना लुइटेलले जानकारी दिनु भयो ।

गरिबीका रेखा मुनी रहेका नागरिकलाई सिप सिकेर आत्मिनर्भर बनाउँने उदेश्यले कार्यक्रम संचालन गरिएको हो । सबैभन्दा अगाडी घरधुरी सर्बेक्षण गरि गरिबीका रेखा मुनि रहेको नागरि छानेर व्यवसाय को बारेमा जानकारी दिईन्छ त्यस पछि नागरिकको रुचीका आधारमा आफुलाई रोज्न मन लागेको पेसा रोजेर उनीहरुलाई तालिम दिने गरेको उद्योग तथा व्यवसाय प्रवर्धन शाखाकी अधिकृत लुइटेलले बताउनु दिनु भयो ।

हाल वडा नम्बर ८ मा १४ जनाले तरकारी सम्बन्धी तालिम लिईरहेको छन् भने कुखुरा पालन सम्बन्धी १३ जनाले तालिम लिई रहेका छन् । यस्तै, वडा नम्बर ४ र ७ मा जम्मा २७ जनाले कुखुरा र बङ्गुर पालन तालिम लिईरहेका छन् ।

कुखुरा र बङ्गुर पालन गर्दा के के कुरामा ध्यान दिनु पर्छ, उत्पादन बुद्धि गरि आन्दामी बढाउँन के गर्न सकिन्छ भन्ने बिषयमा छलफल गरि ज्ञ्यान प्रदान गरिने गरेको लुइटेलले जानकारी दिनु छ । कार्यक्रम यहि पौष २१ गते सम्म संचालन हुने छ ।

spot_img

Hot Topics

Related Articles