Thursday, April 18, 2024

दोस्रो नगर स्तरिय तेकान्दो प्रतियोगित हुने

सिन्धुलीमाढीमा दोस्रो नगर स्तरीय तेकान्दो प्रतियोगिता हुने भएको छ । यहि पुष १७ गते बाट सिन्धुीमाढीमा दोसं्रो नगर स्तरिय तेकान्दो प्रतियोगिता हुने भएको हो ।

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भने मुख्य नाराको साथ नगर खेलकुद विकास समितिको आयोजनामा तेकान्दो प्रतिपयोगि हुने खेलकुद विकास समितिका अध्यक्ष दिपेन्द्र फुलयालले बताउनुभयो । प्रतियोगितामा कमलामाई नगरपालिकाको १४ वटै वडाबाट एक सय जना खेलाडीहरु सहभागि हुने छन् ।

कमलामाई नगरपालिकाको नगर प्रमुख खत्रिले नगरका युवाहरु बेरोजारी भएर बैदेशिक रोजगारमा जार्नु पर्ने बाध्यतालाई मध्यनजर गदैँ खेलकुदमा जोड दिदै तेकान्दो प्रतियोगिताको आयोजना गरीएको अध्यक्ष फुलयालले बताउनुभयो ।

उहाँका अनुसार स्वास्थ्यका लागि खेलकुद आवश्यक रहेकाले नगरले विभिन्न प्रतियोगिता आयोजना गरिरहेको छ । दोस्रो नगर स्तरीय तेकान्दो प्रतियोगितामा विजेता हुने समुह लाई शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिने छ

spot_img

Hot Topics

Related Articles