Tuesday, April 16, 2024

कमलामाई नगरपालिका १ मा विधुत बत्ति पुग्यो

सिन्धुलीको कमलामाई नगरपालिका १ मा विद्युत बत्ति पुगेको छ । नगरपालिकाको १ लाख ५० हजार सहयोगमा विद्युत बत्ति पुगेको हो ।
कमलामाई नगरबासीका चाहाना उज्यालो नगर हाम्रो कामना भन्ने अभियानको साथ वडाको खारखोला, कोप्चे, अस्थानी र आदामारा लगायतको वस्तिमा विद्युत प्रशारण भएकोे नगरपालिकाले जनाएको छ ।
आर्थिक बर्ष २०७७÷७८को असार मसान्त सम्पन्न हुनु पर्ने काम प्रविधिक कारणले गर्दा ढिलाइ भएको थियो ।

वडाको खारखोला, कोप्चे, अस्थानी र आदामारा गाँउको टासमिटरमा बति बलेको छ ।
तर घरमा भने मिटरबक्स ,वारिङ्ग नगरे सम्म घरमा बती नबल्ने र गुरासे गाँउमा बिद्युत लाईन प्रसारण हुन बाँकी रहेको ।
नगरपालिकाका इलोक्ट्र«कल इन्जिनीयर नविन बस्नेतले जानकारी दिनुभयो ।

spot_img

Hot Topics

Related Articles