Friday, May 16, 2025

पूर्व सुरक्षाकर्मी परिषद नेपालको सिन्धुलीको जिल्ला कार्यसमिति गठन कार्यक्रम सम्पन्न

पूर्व सुरक्षाकर्मी परिषद नेपालको सिन्धुली जिल्ला कार्यसमिति गठन कार्यक्रम सम्पन्न भएको छ । पूर्व सुरक्षाकर्मी परिषद नेपाल सिन्धुलीको अध्यक्ष तथा भूतपूर्व शैनिक बासुदेव श्रेष्ठको अध्यक्षतामा पूर्व सहायक रथी डाक्टर प्रेम सिंह बस्नेतको प्रमुख अतिथि, पूर्व प्रहरी नायव अतिरिक्त महानिरिक्षक रमेश खरेलको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा बासुदेव श्रेष्ठको संयोजकत्वमा १५ जना सदस्यीय कार्यसमिति गठन गरिएको छ । जसमा सहसंयोजक हरी बहादुर खड्का सचिवमा शुक्रि बहादुर बम्जन सहसचिवमा विष्णु बहादुर कार्की कोषध्यक्षमा पदम राज थिङ र सह कोषाध्यक्षमा सुमन वाईवा रहनुभएको छ । पूर्व सुरक्षाकर्मी परिषद नेपाल सिन्धुलीको विस्तारित बैठकबाट समिति पून विस्तारित गरिने गरि हाललाई १५ जना मात्र सदस्य समिति गठन गरिएको जनाएको छ ।

कार्यक्रममा सुभकामना मन्तव्य राख्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि रमेश खरेलले सिन्धुली एउटा ईतिहास बोकेको जिल्ला भएको बताउनुभएको छ । पृथ्वी नारायण शाह आफैले नेतृत्व गरेर युद्ध जितेको दिनको सम्झना गर्दै सिन्धुली जिल्लामा रहन पाउनु र कार्य गर्न पाउनुमा आफुहरुले भाग्यमानी ठान्नुपर्ने बताउनुभयो ।

साथै, उहाँले माथिल्लो तहमा रहेकाहरुले तल्लो तहमा रहेर काम गरिरहेकाहरुको काम समयको मुल्याङ्न गर्न चासो नदेखाएको भन्दै दुःख व्यक्त गर्नभयो । आफुहरुले देशको माया र आफ्नो कर्तव्यलाई सदैव आत्मासाथ गरेर देश र जनताको लागि निरन्तर कर्तव्य पुरा गरेको र सदैव जागरुक भै कर्तव्य पुरा गर्न तयार रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीबल, राष्ट्रिय अनुसन्धान प्रहरी, भारतिय सेना तथा प्रहरी सिंगापुर, प्रहरी ब्रिटिस गोरखा सेना लगाएत स्थानिय पत्रकारहरुको सहभागिता रहेको थियो ।

spot_img

Hot Topics

Related Articles