Tuesday, April 16, 2024

कमलामाई नगरपालिका ५ रानिखोलामा निर्माण हुने पुलको निर्माण कार्य सुरु

कमलामाई नगरपालिका वडा नम्बर ५ रानिखोलामा निर्माण हुने पुलको निर्माण कार्य सुरु भएको । ६ मिटर लम्बाई र ८ मिटर लम्बाई चौडाई रहेको पक्कि पुल निर्माण सुरु भएको हो । वडाको पहलमा कमलामाई नगरपालिकाको १४ लाख लागतमा पुल निर्माण सम्पन्न हुने वडा नम्बर ५ का अध्यक्ष पूर्ण बहादुर खड्काले बताउनुभयो । उहाँका अनुसार उक्त पुल निर्माणको लागि गत असोज महिनामा विरविर गणेश निर्माण सेवा कम्पनीलाई ६ महिनामा निर्माण सम्पन्न गरिने गरि ठेक्का दिएको हो ।

उक्त ठेक्का कम्पनिले अहिले कामलाई तिब्रगतिमा अगाडी सारेको छ । उक्त पुल निर्माण सम्पन्न भएपछि वडा नम्बर ५ रानिखोला निवासी संगै वडा नम्बर ८ ढाप्सार, ठुलडाडा निवासी, मरिण गाँउपालिका र बर्दिवास नगरपालिका खयरमाराका नागरिकलाई समेत सहज हुने अध्यक्ष खडकाले बताउनुभयो ।

spot_img

Hot Topics

Related Articles