Tuesday, January 21, 2025

मदन भण्डारी राजमार्गमा प्रहरीद्धारा मोटर साईकल नियन्त्रणमा

सिन्धुलीमा प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने मोटरसाईकल र चालकलाई कारबाही गरिएको छ ।

मरींण गाउँपालिका वडा नम्बर ७ जयमंगल स्थित मदन भण्डारी राजमार्गमा ईलाका प्रहरी कार्यालय कपिलाकोटबाट ट्राफिक सहित ६ जनाको संयुक्त प्रहरी टोलिले सवारी साधन चेकजाच गर्ने क्रममा सिन्धुलीबाट मरीण तर्फ आउदै गरेको काभ्रे जिल्ला बस्ने २७ वर्षिय तिमाल तामाङले डिउटीमा खटिएको प्रहरीलाई ५ सय दिई आर्थिक प्रलोभनमा पार्न खोजेकाले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

कोटरसाईकल चेकजाच गर्दा तामाङले चलाएको बा ५१ प १३८२ नम्बरको मोटरसाईकल चालकको चालक अनुमति पत्र नभएकोले जरिवाना गर्न खोज्दा चेकिङमा खटिएको प्रहरीलाई चिट नकाट्नु भनि आर्थिक प्रलोभनमा पार्न खोजेकोले उक्त मोटरसाईकल र मोटरसाईकल चालकलाई नियन्त्रणमा लिई आवश्यक कारवाही गरिएको जिल्ला प्रहरी कार्यालाय सिन्धुलीका प्रहरी नायव उपरिक्षक मनोज कुमार लामाले जानकारी दिनुभयो ।

spot_img

Hot Topics

Related Articles