Tuesday, January 21, 2025

नेपाल राष्ट्रिय शिक्षक संगठन घ्याङ्लेख गाउँपालिकाको दोस्रो गाउँ अधिवेसन सम्पन्न

नेपाल राष्ट्रिय शिक्षक संगठन घ्याङ्लेख गाउँपालिकाको दोस्रो गाउँ अधिवेसन सम्पन्न भएको छ ।

राष्ट्रिय शिक्षक संगठन घ्याङ्लेख गाउँपालिकाका अध्यक्ष गण बहादुर स्याङ्तानको अध्यक्षता तथा नेपाल राष्ट्रिय शिक्षक महासंघ राष्ट्रिय समितिका उपमहा–सचिव भवानी देवकोटाको प्रमुख आथित्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रमको विशिष्ट आथित्यतामा राष्ट्रिय लेखा समितिका सदस्य सकुन्तला श्रेष्ठ रहनुभएको थियो । गौरवशाली विगत चुनौतीपुर्ण वर्तमान, गुणस्तरिय शिक्षाका लागि शैक्षिक सुशासन भन्ने अभियानका साथ नेपाल राष्ट्रिय शिक्षक संगठन घ्याङ्लेख समिति सिन्धुलीको आयोजनामा अधिबेसन सम्पन्न भएको हो ।
शनिबार सम्पन्न गाउँपालिकाको दोस्रो गाउँ अधिबेसनबाट १९ सदस्यीय कार्यसमिति पनि गठन गरिएको छ । अधिवेसनले दावाङ दोर्जे लामाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो ।

जसमा उपाध्यक्षमा सरद प्रसाद मैनाली, महिला उपाध्यक्षमा सुनिता बल स्याङ्तान, सचिवमा हेम बहादुर राना मगर, कोषध्यक्षमा रामकुमार घिसिङ, सह–कोषाध्यक्षमा रिता सुनुवार लगाएत १९ सदस्यीय कार्यसमिति गठन गरिएको हो ।

spot_img

Hot Topics

Related Articles